धुपगढ़ीः धुपगढ़ी ग्रामीण अस्पतालको प्रसूति वार्डमा सोमवार राति एउटा लगभग सात फुट लामो साँप घण्टौंसम्म घुमिरह्यो। यो देखेर अस्पतालका कर्मचारी र रोगी दुवै भयभीत भए। घण्टौसम्म रोगीहरू बेडमा खुट्टा माथि राखेर बसिरहे। धेरै रोगी र उनका परिजन साँपको डरले वार्ड छोड़ेऱ अस्पतालबाट भागे। धेरै डाक्टर र स्वास्थ्य कर्मीहरू पनि यस अवधि अस्पतालबाट बाहिर निस्के।
एक रोगीका आफन्तले सोमवार राति अस्पतालभित्र प्रसूति वार्ड र सामान्य पुरूष वार्डबीच साँप देखिन् र चिच्यायिन्। महिला चिच्याएको सुनेर वार्डमा भर्ती रोगी र उनीहरूको परिजन दौड़ेर आए। नर्स र डाक्टरहरू पनि दौड़ेर आए। अस्पतालका सबै विभागहरूमा भय व्याप्त भयो। तत्काल प्रसूति वार्ड, शिशु वार्डको दैलो बन्द गरियो।
रोगीका परिजन डराएर यता-उता भाग्न थाले। धेरै जना वार्ड छोड़ेर बाहिर भागे। धेरैले त्यस दृश्यलाई आफ्नो फोनमा कैद गर्न थाले। ड्यूटीमा तैनात डाक्टर देवस्मिता चक्रवर्तीले यसको सूचना प्रखण्ड स्वास्थ्य पदाधिकारीलाई दिइन्। सर्प विशेषज्ञलाई पनि सूचना दिइयो। यसपछि ‘डोर्स नेचर एण्ड स्नेक लवर्स अर्गनाइजेशन’ का सदस्य अस्पताल गए। उनीहरूले लगभग सात फुट लामो सापँलाई समाए। यसपछि अस्थायी रूपमा अस्पतालका रोगी र डाक्टर स्वास्थ्य कर्मी भयमुक्त भए।
-हिस