मुख्यमन्त्री तामाङले जनाए शोभा यात्रामा सहभागिता

IMG-20230808-WA0377.jpg

गान्तोकः लेप्चा समुदायको महान पर्व टेण्डोङ ल्हो रूम फातको आज समापन कार्यक्रम अन्तर्गत राजधानीमा एक शोभायात्रा निकालियो। राजधानीस्थित जिरो पोइन्टबाट शुरू भएको उक्त शोभायात्रामा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, मन्त्री विष्णु कुमार खतिवडा, मन्त्री साम्डुप लेप्चा, मन्त्री एमएन शेर्पा लगायत अन्यहरूले अंश ग्रहण गरेका थिए।

जिरो पोइन्टबाट शुरू भएको शोभायात्रा तिब्बत पथ हुँदै एमजी मार्गमा पुगेर समापन भयो। यस अवसरमा मुख्यमन्त्री लगायत अन्यहरू एमजी मार्गमा राखिएको स्टलहरूको निरीक्षण गर्दै सेल्फ हेल्प ग्रुपका समूहसँग अन्तक्रिया पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement