दार्जिलिङ: रङ्ली रङ्लियट पञ्चायत समिति अधीनस्थ मानेडाँडा ग्राम पञ्चायतका स्वतन्त्र विजेता रेश्मा तामाङ भागोप्रमोमा सामेल भएका छन्। ७ सदस्यीय ग्राम पञ्चायतमा भागोप्रमोको ४ सिट, स्वतन्त्रको २ र भाजपाको १ रहेको छ। मानेडाँडा ग्राम पञ्चायतको बोर्ड भागोप्रमोले गठन गर्ने तय भएको छ। त्यसरी नै सिङ्ग्रीताम ग्राम पञ्चायतका स्वतन्त्र विजेता प्रवीण राई पनि भागोप्रमोमा सामेल भएका छन्। ६ सदस्यीय ग्राम पञ्चायतमा सिटको स्थिति अनुसार भागोप्रमोतो ४, स्वतन्त्रको १ र भाजपाको १ भएको छ। सिङ्ग्रीताम ग्राम पञ्चायतको बोर्ड पनि भागोप्रमोले गठन गर्ने निश्चित देखिएको छ।