भेटरन्स र गर्ल्स दुवै वर्गमा हिल्स फूटबल एकाडमी च्याम्पियन

IMG-20230807-WA0240.jpg

७ अगस्तः खरसाङको हिल्स फूटबल एकाडमीको तत्त्वावधानमा आयोजित भेटरन्स (फोर्टी प्लस) फूटबल टुर्नामेण्टमा आयोजक टीम च्याम्पियन भयो। स्थानीय मण्टिभियट खेल मैदानमा आइतवार खेलिएको फाइनल म्याचमा हिल्स फूटबल एकाडमी अफिसियल्सले दार्जीलिङ भिजन भेटरन्सलाई ४-२-ले पराजित गऱ्यो। यसरी गर्ल्स फूटबल टुर्नामेण्टको फाइनलमा आयोजक हिल्स फूटबल एकाडमीले सुबोथ फूटबल एकाडमीलाई पेनल्टी शूटआउटमा ३-१-ले पराजित गरी ट्रफी जित्यो।

नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। भेटरन्स टुर्नामेण्टमा च्याम्पियन र रनरअप् हुने टीमलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो। यसबाहेक बिबेक राईले प्लेयर अव् द म्याच, नर्बु लामाले प्लेयर अव् द टुर्नामेण्ट, सन्तोष लामाले हाईएस्ट स्कोरर र निमा लामाले बेस्ट गोलकीपरको पुरस्कार जिते। घूम-जोरबंग्लो भेटरन्सले फेयर प्ले पुरस्कार जित्यो। यसरी गर्ल्स टुर्नामेण्टमा हिल्स फूटबल एकाडमी टीमकी प्रेरणा सुब्बाले प्लेयर अव् द म्याच अनि अन्वेशा तामाङले हाईएस्ट स्कोररको पुरस्कार जितिन्।

टुर्नामेण्टको सफल समापनपछि यसको आयोजनमा सहयोग गर्ने सबै प्रति हिल्स फूटबल एकाडमीका प्रमुख तथा राष्ट्रिय स्तरका फूटबलर नगेन तामाङले कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement