एसकेएम पार्टीको छैटौं जनउन्मुक्ति दिवस तयारी युद्धस्तरमा

IMG-20230806-WA0422.jpg

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको आगामी १० अगस्तमा पालन गरिने जन उन्मुक्ति दिवस समारोहलाई लिएर राज्यमा चौतर्फी तयारी कार्यक्रम चलिरहेको छ। पार्टीका सक्रिय कार्यकर्ताहरू झण्डा फहराउने कार्यसँगै व्यापक प्रचार-प्रसारमा व्यस्त रहेको विज्ञप्तिमा बताइएको छ।

यसै क्रममा पश्चिम सिक्किम, गेजिङ बर्मेक निर्वाचन क्षेत्रको एसकेएम पार्टीका सक्रिय युवा कार्यकर्ताहरू पनि उन्मुक्ति दिवसको तयारी कार्यक्रममा लागि पर्दै झण्डा फहराउने कार्यमा संलग्न बने। आज पार्टीका समष्टि स्तरीय अध्यक्ष सन्बिर सुब्बाको अगुवाइमा रहेका सक्रिय युवा कार्यकर्ताहरूको टोलीले बर्मेक, १३ माइलस्थित सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको क्षेत्र स्तरीय पार्टी कार्यालय साथै यस परिसरमा झण्डा फहराउने कार्य गरे।

यस अवधि समष्टि स्तरीय समितिको विभिन्न पदमा रहेका कार्यकर्ताहरूको पनि सहभागिता रहेको थियो। उनीहरूले पार्टीको झण्डा फहराॅंउदै स्थानीय जनतासँग भेट गरी पार्टीको जन उन्मुक्ति दिवसको विशेष महत्वबारे प्रकाश पारे। यस समष्टिका सम्पूर्ण जनता लगायत पार्टीका युवा तथा नारी कार्यकर्ताहरूलाई पनि उनीहरूले आउँदो १० तारिख पूर्व सिक्किमको रम्फू खेल मैदानमा आयोजन गरिने जन उन्मुक्ति दिवसको भव्य कार्यक्रममा सहभागी भइदिन अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement