बिमारीहरूका उपचारको लागि दार्जिलिङको लिङ्गिया चियाबारीमा सबै वर्गका मानिसहरूले गरे एक दिनको हाजिरामा काम

IMG-20230806-WA0313.jpg

दार्जिलिङ: “मानव सेवा नै माधव सेवा” भन्ने सन्देशलार्इ लिएर आज दार्जिलिङको लिङ्गिया चिया कमानका सबै मानिसहरुले आज आआतबारको दिन पनि काम गरेर एक दिनको हाजिरालाई बिमारीहरूका उपचारको लागि दिने भएको छ। लिङ्गिया चियाबारीका सबैले मिलेर एक दिन आईतबार काम गरेर एक दिनको हाजिरा दान गर्दै बिरामीहरुको निम्ति आर्थिक सहयोग पुर्याउन अघि आएको जानकारी प्राप्त भएको छ। यस कार्यमा 58 वर्ष कमानमा कार्य गरेर‌ अवकाश लिएका श्रमिक‌हरु लगायत हाल कार्यरत् श्रमिकहरु, शिक्षक- शिक्षिकाहरू, विद्यार्थीहरू अनि हालैमा विर्वाचित बनेका ग्राम पञ्चायतका सदस्य साथै सम्पूर्ण समाजका ठूला बढ़ा, साथै युवा युवतीहरूले पनि एक दिनको काम गर्नमा सहभागिता जनाएका छन्।

लिङ्गिया चियाबारीका सबै वर्गका मानिसहरूले एक दिनको श्रम गरेर संकलन भएको पैसा सबै बिमारीहरूका उपचारको लागि सहयोग गर्ने भएका छन्। यस कार्यमा कसैले चियापत्ती टिप्ने, कसैले बगान सर सफाई, फाँड्ने कार्यमा लागेका थिए। यसरी सबै मिलेर छुट्टीको दिन पनि बगानमा एक दिनको हाजिरामा काम गरेर बिमारीहरूलाई सहयोग गरिएको बताइएको छ। यस कार्यमा लागेका सबैजना खुशी देखिएका थिए। यस विषयमा लिङ्गिया चियाबारीब टिना सुब्बाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

Advertisement