गान्तोकः गेजिङ जिल्लाको बाल संरक्षण यूनिटको पहलमा स्वालिगाउँ माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर परामर्श एवम सचेतना कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्रधानाध्यापक तिलक शर्माले गरेका थिए। स्वागत सम्बोधनको क्रममा सामाजिक कार्यकर्ता एवम् डीसीपीयूका अधिकारी निशा सुब्बाले बाल संरक्षण सेवा योजना अन्तर्गत बाल बालिकाहरू सम्वन्धि विभिन्न विषयमाथि प्रकास पारिन्। सोही प्रकारले बाल कल्याण समितिका सदस्य योगेश निरौलाले जुविनायल जस्टिस (केयर प्रोटेक्सन) संशोधन ऐन २०२१ बारे परामर्श दिए।
यसरी नै सामाजिका कार्यकर्ता रिबिना छेत्रीले प्रोटेक्सन अफ् चिल्ड्रेन फ्रम सेक्सुएल अफेन्स संशोधन ऐन २०१९, बाल अधिकार, बाल बिवाह ऐन २००६ लगायत अन्य विषयहरूको बारेमा परामर्श साथै जागरूक गराइन्।
उनले विद्यार्थीहरूलाई स्टुडेन्ट अगेन्स्ट अब्युज एण्ड ट्राफिकिङ (साट) क्लब विद्यालयमा खोल्नु पर्ने आग्रह गरिन्। साट क्लबको गठन गरिनुको प्रमुख उद्देश्य बालबालिकालाई उनीहरूका अधिकारका बारेमा सचेत गराउनु र बाल दुर्व्यवहार र बेचबिखन जस्तो डरलाग्दो समस्या र संकटको सामना गर्नु रहेको बताइन्। यस क्लबले विद्यार्थीहरूलाई उनीहरूको अधिकारको उल्लङ्घन विरुद्ध लड्न तयार गर्ने जानकारी गराइन्। यस अवसरमा साटको पनि गठन गरियो भने यसको निरीक्षण विद्यालयका प्रधानाध्यापकले डीसीपीयूसँग समन्वय राखेर गर्ने भएको छ।