कुचबिहार: कुचबिहार सहरमा डेंगुका बिरामीको संख्या एकपछि अर्को बढ्दै गएको छ । कुचबिहार नगरपालिकाको वार्ड नम्बर ८ र वार्ड नम्बर १४ पछि यस पटक कुचबिहार नगरपालिकाको वार्ड नम्बर १६ की एक महिला डेंगुबाट संक्रमित भएकी छिन्। डेंगुबाट पीडित महिलाको पछिल्लो १६ दिनदेखि घरमै उपचार भइरहेको थियो । आज कुचबिहार नगरपालिकाका अध्यक्ष रवीन्द्रनाथ घोषले महिलाको घर गएका थिए। स्वास्थ्य विभागसँग कुरा गरेर अस्पताल भर्ना हुन सल्लाह दिए । साथै उनले परिवारका सबै सदस्यको रगत परीक्षण गराउन सुझाव दिए । कूचबिहार सहरमा एकपछि अर्को डेंगुका बिरामी बढ्दै गएपछि कुचबिहारका बासिन्दा चिन्तित छन् । नगरपालिकाले महिलाको घर वरपरका फोहोर फालेको रवीन्द्रनाथ घोषले बताए । र, उनले सर्वसाधारणलाई सचेत हुन सुझाव दिएका छन् ।









