श्री दमाई समाज खरसाङको सभा सम्पन्न

IMG-20230806-WA0299.jpg

खरसाङ: श्री दमाई समाज खरसाङ महकुमा एक सभा महकुमा समितिको सभापति प्रकाश सेवाको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभाको मुख्य उद्देश्य अखिल भारतीय नेपाली अनिसूचित जाति संघ केन्द्रीय समितिको अायोजनामा डा भीमराव अम्बेदकरको सालिग निर्माण विषयमा जानकारी गराउन राखिएको थियो। उक्त सभामा खरसाङ महकुमा समितिका पदाधिकारीहरू उपस्थित रहेका थिए। सभामा सुरज नौवाग, नवीन सेवा, दिपेन सेवा, अनुप सुन्दास आदिले वक्तव्य राखेका थिए। सभामा श्री दमाई समाज खरसाङक सचिव कैलाश सेवा, कोषाध्यक्ष ललित सेवा, पूर्व सभापति हिरेन त्रिखत्री लगायत राज ढकाल, अमूल कार्कीडोली, महेन्द्र दर्नाल उपस्थित रहेका थिए। सभा विषयमा पत्रकाकहरूसित कुराकानी गर्दै श्री दमाई समाज खरसाङ महकुमा समितिको सभापति प्रकाश सेवाले अखिल भारतीय नेपाली अनुसूचित जाति संघ केन्द्रीय समितिको आयोजनामा दार्जिलिङमा डा भीमराव अम्बेदकरको सालिग निर्माण विषयमा श्री दमाई समाजलाई जानकारी गराउनु सभाको मुख्य उद्देश्य रहेको बताएका छन्।

About Author

Advertisement