६ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा रिन्हो फूटबल क्लबले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा शनिवार भएको म्याचमा रिन्हो फूटबल क्लबले मीनग्लास स्पोर्टिंग क्लबलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। म्याचमा अशोक रोय रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा राजेश थापा र उमेश थापा थिए। निरेन दर्नाल फोर्थ अफिसियल थिए। टुर्नामेण्टमा जम्मा १२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ११ र १३ अगस्तमा हुनेछ। यसरी नै फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, आइवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा कुवापानी फूटबल क्लब र डामडिम फ्रेण्ड्स यूनियनबीच भिड़न्त हुनेछ।