५ अगस्तः मुण्डा बाँसघारी युथ क्लब (मुण्डा कोठी टी गार्डन, सोनादा, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित अण्डर-१७ फूटबल टुर्नामेण्टमा शनिवार पहिलो सेमिफाइनल म्याच खेलियो। आज भएको म्याचमा मिलनमोड़को क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए)-ले खरसाङको हिल्स फूटबल एकाडमीलाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट राहुल छेत्री र अदित्य साईबोले २-२ गोल गरे। यसबाहेक एउटा गोल आत्मघाती रह्यो। यसरी हिल्स फूटबल एकाडमीबाट श्रवण तामाङले १ गोल गरे। सीएनएफए-का खेलाड़ी राहुल छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।