५ अगस्तः जूनियर विश्व खिताब जितेको दुई महिनाभन्दा कम्ती समयमा भारतकी १७ वर्षीय अदिति स्वामी विश्व आर्चरी (धनु-काँड़) च्याम्पियनशीपको कम्पाउण्ड महिला फाइनलमा शनिवार जर्मनीको बर्लिनमा मेक्सिकोकी एण्ड्रियालाई पराजित गरी सबैभन्दा कम्ती उमेरमा विश्व च्याम्पियन बनिन्। उनी यस स्पर्धामा व्यक्तिगत स्वर्ण पदक जित्ने देशकी पहिलो खेलाड़ी पनि हुन्। यसरी नै ओजस देवतालेले पुरुषहरूका कम्पाउण्ड वर्गमा १५०-को परफेक्ट स्कोरको साथ खिताब जिते। यसरी भारतले आफ्नो अभियानको समापन ठाटको साथ गऱ्यो। भारतले च्याम्पियनशीपमा तीनवटा स्वर्ण र एउटा काँस्य पदक जित्यो। महाराष्ट्रको नागपुर निवासी शान्त अनि धैर्यवान देवतालेले रोमाञ्चक फाइनलमा पोल्याण्डका लुकाज प्रिजीबिल्स्कीलाई एक अंकको पराजित गरे। अदिति र देवताले दुवैले सतारामा एउटै एकाडमी प्रशिक्षक प्रवीण सावन्तको मार्गदर्शनमा प्रशिक्षण लिन्छन्।











