नेताजी युथ क्लब एकाडमी विजयी

IMG-20230805-WA0275.jpg

५ अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नेताजी युथ क्लब एकाडमीले सेमिफाइनलमा स्थान बनायो। सेभोक प्राइमरी स्कूल मैदानमा शनिवार खेलिएको म्याचमा एनवाईसी एकाडमीले जेपीएफसी बागडुग्रालाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिबेक मृणाल र राज लामाले गोल गरे। बिबेक मृणाललाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १० र १२ अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ।

यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement