बुद्ध गया रयाली बिषय नेपालमा अल ईण्डिया बुद्धिष्ट फोरमको सभा

IMG-20230805-WA0285.jpg

गया: आज ५ अगष्ट २०२३ नेपाल राज्यको बेलबारी, मोरङ् मा अ. ई. बु. फो. बुद्धिष्ट ईन्टरनेस्नल नेटवर्कको संयुक्त तत्वधानमा त्यहाँका बौद्ध धर्मावलम्बी तामाङ, गुरुङ, शेर्पा आदि समुदाय वर्गको उपस्थितिमा एउटा सभा बसियो। सभामा बिशेष रुपले महासचिव आकास लामाले नेपाल अनि भारतको बौद्धहरुको बिच सामञ्जस्य बलियो बनाउन साथै धार्मिक समस्या आदिको बिषयमा कुरा राखे।
उहाँले यहि बिषयमा बोल्दै आगमी २६ नोभेम्बर २०२३मा बुद्ध गया बिहारमा फोरम को आयोजनामा सम्पन्न हुने बौद्ध शान्ती महारयालीमा छिमेकी देश नेपालबाट पनि बौद्ध हरू उपस्थित भई सम्बन्धित बिषयहरू बुझ्न पर्ने आवश्यकता रहेको बताए। उनले अझ बौद्ध हरुमाझ एकता हुन पर्ने आवश्यकता माथि प्रकाश पार्दै फोरमले यहि एकताको बलद्वारा बंगालमा भगवान बुद्ध जयन्तीको सरकारी छुट्टी हासिल गर्न सकेको उदाहरण पेश गर्दै नेपालको बौद्ध हरु पनि आजको सन्दर्भमा एक हुन जरुरी रहेको बताए। उनले भगवान बुद्धले गृहस्थ जीवनमा पञ्च शील को महत्त्व माथि जोड दिँदै यदि यसको सठिक पालन गरेको खण्डमा घर-परिवार, समाज देखि राष्ट्र नै शान्ति अनि उन्नतिको पथमा अग्रसर हुने कुरामा कुनै शंका नरहने बताए साथै आफ्नो बौद्ध धर्म संस्कारलाई बलियो संग पालन गर्दै अघि बड्ने सुझाव पेश गरे।ईन्टरनेस्नल बुद्धिष्ट नेटवर्क कोअर्डिनेटर प्रो. बिलास खरात महाराष्ट्रले आफू भर्खरै काठमाण्डु, लुम्बिनी, कपिलवस्तु को भ्रमण गरेर आएको बताउँदै त्यहाँ अन्य धर्म सम्प्रदाय द्वारा बुद्ध अनि बौद्ध धर्ममाथि भएको बाहिरी अतिक्रमण, षडयन्त्र अनि दमन नितीमाथि चिन्ता व्यक्त गर्दैन दु:ख व्यक्त गरे। साथै भगवान बुद्ध द्वारा प्रतिपादित शुद्ध मानव धर्म अनि शान्तीको सन्देश जन जन सम्म पुरयाउन यस्ता षडयन्त्र, पाखण्डवादको एकताबद्ध भई खुलेर बिरोध गर्नु पर्ने बताए। उनले अझ मांग गर्दै यदि सरकारले बौद्ध धर्म अनि सम्पदा, विरासतको रक्षा र संरक्षण माथि अनदेखा गरे बौद्ध बिरासतको दर्शन हेतु देशमा आउने हजारौं देश विदेशी बौद्ध तीर्थ यात्रीहरु बाट देशलाई आर्जन हुने करोडौं आर्थिक श्रोत बिस्तारै बन्द भएर जाने सतर्क गराए। साथै भगवान बुद्ध को सत्यता र शान्तीको प्रतीक प्राचीन मूर्तिकला को संरक्षण र संवर्धान तथा सुरक्षाको निम्ति गम्भीरता पूर्वक पहल गरिन पर्ने सरकारलाई आग्रह समेत गरे। अन्य स्थानीय बक्ताहरुले पनि आजको बौद्ध धर्म सम्बन्धि बिषयहरुलाई गम्भीरतापूर्वक आ-आफ्नो क्षेत्रमा प्रचारप्रसार गर्ने अठोट गर्दै आगमी बुद्ध गया रयालीमा नेपालबाट पनि बहुसंख्यक बौद्ध हरु सामेल गराउने वचन दिएको जानकारी प्रचारप्रसार सचिवले लिखित विज्ञप्ति दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *