चिलाउनेः मटेली ब्लक अन्तर्गत चिलाउने चियाबारीका प्रकाश दर्जीको घर केही दिन अघि जलेर खरानी भएको थियो। यस आगलागीमा लुगाफाटा, खानेकुरा,गर-गहना, नगदराशी आदि जलेर खरानी भएको थियो। यसरी आगलागी भएको खबर पाएर संघको तर्फबाट सिके सार्की र राजाराम सेलाल पीडित परिवारलाई दुःखमा साथ दिँदै सहयोग गर्ने आश्वासन दिएका थिए। आज राजकुमार बराइली, सिके सार्की, सुवेक भुजेल, रमेश थापा, कुमार विश्वा, राजाराम सैलाल आदि पीडित परिवारको घरमा गएर चामल, दाल, तेल, साबुन एक महिनाको निम्ति प्रदान गरिएको छ।










