खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समितिको अायोजनामा भोलि ६ अगस्तको दिन खरसाङमा धन्यवाद रैलीको आयोजना गर्ने भएको छ। उक्त रैली आयोजना गर्नुको मुख्य उद्देश्य पश्चिम बंगालको मन्त्री परिषदले चियाबारी क्षेत्रमा रहेका मानिसहरूका लागि जमीनको पर्जा पट्टा प्रदान गर्न अनुमोदन गरेपछि यो कार्य भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको कुशल नेतृत्त्वक कारणले यो सम्भव भएको भन्दै भागोप्रमोको ट्रेड युनियनले खरसाङमा वृहत रैली निकालेर पार्टी अध्यक्ष अनित थापालाई धन्यवाद दिने भएको छ। यस विषयमा हिल तराई डुवर्स प्लान्टेशन लेवर वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले एक भिडियो जारी गरेर भोलि ६ अगस्त २०२३ आईतबारको दिन खरसाङमा वृहत् रैलीको आयोजना गरेर चियाबारी क्षेत्रको जमीनको पनि पर्जा पट्टा प्रदान गर्न पहल शुरु गरेकोमा पार्टी अध्यक्ष अनित थापालाई धन्यवाद दिने भएको छ। उक्त रैली खरसाङको टुरिस्ट लजबाट शुरु भएर खरसाङ शहर परिक्रमा गरेर मोटर स्ट्याण्डमा आएर धन्यवाद सभामा परिणत हुने बताएका छन्।










