प्रेमसिंह गोलेको एसकेएम सरकार मन्त्रीमण्डलमा भए सामेल
गान्तोकः रिनाक निर्वाचन क्षेत्रका विधायक तथा नवनियुक्त मन्त्री विष्णुकुमार खतिवाडाले आफ्नो पार्टीप्रतिको विश्वास र इमान्दारिताका कारण आफूले मन्त्री पाएको बताएका छन्। उनी आज राजभवनमा आयोजित शपत ग्रहण समारोहपछि पत्रकारहरूलाई सम्बोधन गर्दै थिए।
आफूले मन्त्री पद पाउँदा रिनाक निर्वाचन क्षेत्रका जनता मात्र नभएर पाकिम जिल्लाका जनता सबै खुशी भएका छन् भनी उनले बताए। यस जिम्मेवारीका लागि उनले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई श्रेय अनि धन्यवाद दिए। डा. एमके शर्माले जनतालाई धोका दिएपछि आफूले पार्टीलाई दिलाएको विश्वासका कारण आफू मन्त्री बनेको उल्लेख गर्दै पार्टीमा कसैले पनि धोका दिन नहुने बताए। मन्त्री बनेपछि थप जिम्मेवारी बढेको उल्लेख गर्दै तथापि सरकारमा कुन विभाग दिने हो त्यसबारे अनभिज्ञ रहेको बताए। उनले जनता र पार्टीलाई धोका नदिइ काम गर्ने बताए।
रिनाक निर्वाचन क्षेत्रका विधायक विष्णुकुमार खतिवडाले मन्त्री पदको शपथ ग्रहण गरेका छन्। आज राजभवनमा आयोजित समारोहमा उनलाई राज्यपाल लक्ष्मण प्रसाद आचार्यले पद अनि गोपनीयताको शपथ ग्रहण गराए।

जानकारी गराइन्छ, २ फरवरी, २०२३ का दिन तत्कालिन स्वास्थ्य विभागका मन्त्री डा. एमके शर्माले मन्त्री पदबाट राजीनामा दिएपछि एसकेएम सरकारमा एकजना मन्त्रीको पद रिक्त रहेको थियो। सरकारले आज विष्णुकुमार खतिवडालाई मन्त्री बनाएको छ, तर उनलाई कुन विभागको जिम्मेवारी दिने भन्ने बारेको खुलासा गरिएको छैन्।