कोलकाताः बीरभूमको तृणमूल कांग्रेस नेतालाई अवैध विस्फोटक राखेको आरोपमा राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले पक्राउ गरेको छ। तृणमूलका स्थानीय क्षेत्र अध्यक्ष एवं पञ्चायत सदस्य इस्लाम चौधरीलाई बिहिवार अबेर राति पैकार थानाको कुशमोर गाउँ स्थित उनको घरबाट हिरासतमा लिइयो। उनलाई पाइकरर थाना लगियो। उनीसित रातदेखि शुक्रवार दिउँसोसम्म लगातार सोधपुछ गरियो।
एनआईए सूत्रहरू अनुसार, मुर्शिदाबाद मेडिकल कलेजमा स्वास्थ्य परीक्षणपछि उनलाई कोलकाता लगिने भएको छ। हालमा सम्पन्न पञ्चायत चनाउहरूमा इस्लाम चौधरीले मुराराई-२ ब्लकको कुशमोर-२ नम्बर ग्राम पञ्चायतमा तृणमूल उम्मेदवारको रूपमा निर्विरोध जित हासिल गरेका छन्। एनआईएले यसअघि बीरभूममा अवैध विस्फोटकहरूको कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो। एनआईए सूत्रहरू अनुसार, तृणमूल नेताको घरबाट ल्यापटप र धेरै दस्तावेजहरू जफत गरिएको छ। एनआईएले नलहाटी विस्फोटको जाँच गरिरहेछ। यस मामिलामा ८५ हजार इलेक्ट्रिक डेटोनेटर र २७ हजार किलोभन्दा धेरै विस्फोटक उद्धार गरिएको थियो।
-हिस