तृणमूल सांसदले टोल प्लाजा कर्मचारीलाई कुटे

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः तृणमूल सांसद सुनील मण्डलमाथि पल्सिट रोडको एक टोल प्लाजा कर्मचारीलाई कुटेको आरोप लागेको छ। बर्दवान पूर्वका सांसदले घटना सत्य रहेको स्वीकार गरेका छन्। सोशल मीडियामा यसको भिडियो भाइरल भएको छ। जानकारी अनुसार, बिहिवार नै मण्डलले टोल कर्मचारीलाई कुटेका थिए। सीसीटीभीमा सांसदले सर्वप्रथम गाड़ीबाट झरेर टोल प्लाजाको एक कर्मचारीलाई थप्पड़ हिर्काएको देखिएको छ। यसपछि उसलाई धकेल्दै भित्र लगे।

भाइरल सीसीटीभी फुटेजमा एउटा सेतो कार पल्सिट टोल प्लाजामा नियमहरूको उल्लङ्घन गर्दै अघि बढ्ने प्रयास गरिरहेको पनि देखिएको छ। कारले हिर्काउँदा सुन्तले रंगको फाइबरको स्ट्याण्ड पनि ढल्छ तब टोल प्लाजाका एक कर्मचारीले फाइबर स्ट्याण्ड उठाएर कार सामू राख्यो। कारलाई रोक्ने प्रयास गऱ्यो तब पञ्जाबी पोशाक लागएको सांसदले कारबाट झरेर कर्मचारीलाई कुट्नु शुरू गऱ्यो।

यसबारे उनीसित प्रश्न गर्दा उनले भने, त्यस दिन उनी मंगलकोटमा एउटा समारोहमा सामेल हुन गइरहेका थिए। बाटोमा टोल प्लाजामा कसैले उनको कारलाई रोक्यो। तृणमूल सांसदको परिचय दिइएपनि गाड़ीलाई जान दिइएन र उक्त सुरक्षा गार्डले उनको बाटो छोड़ेन। यसपछि रीसमा आएर उनले आफ्नो हात उठाए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement