प्रवीण अग्रवाल बने एसकेएम पार्टीका कोषाध्यक्ष

si-1

गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले पश्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्र निवासी प्रवीण अग्रवाललाई पार्टीको कोषाध्यक्ष पदमा नियुक्त गरेको छ। पार्टी अध्यक्ष प्रेमसिंह तामाङले प्रवीण अग्रवाललाई पार्टीको कोषाध्यक्ष पदमा नियुक्त गरेको पार्टीका महासचिव पवन गुरुङद्वारा जारी गरिएको आदेश-पत्रमा उल्लेख गरिएको छ। कोषाध्यक्ष पदमा नियुक्त भएका प्रवीण अग्रवाल २०१३ देखि नै एसकेएम पार्टीमा जोडिएका थिए। यसरी नै केशु अग्रवाललाई एसकेएम पार्टीले व्यापारी मोर्चामा उपाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ।

About Author

Advertisement