कोलकाता: तृणमूल सांसद तथा बंगला चलचित्रकी अभिनेत्री नुसरत जहाँले बुधबार भाजपा नेता शङ्कुदेव पाण्डाले न्यूटाउनमा फ्ल्याट दिने नाममा 28 करोड रुपियाँ ठगी गरेको आरोपलाई खण्डन गरिन्l बुधबार पत्रकार सम्मेलनमा आफू कुनै पनि भ्रष्टाचारको घटनामा संलग्न नभएको बताइन्। उनले रियल इस्टेट कम्पनी सेभेन सन्स इन्फ्रास्ट्रक्चरबाट १ मार्च २०१७ मा राजीनामा दिएको बताइन्। अर्कोतर्फ आफूमाथि भ्रष्टाचारको आरोप लागेको न्युटाउनको फ्ल्याट उनले कम्पनीबाट ऋण लिएर किनेका बताइन्। उनले कम्पनीबाट १ करोड १६ लाख ३० हजार ऋण लिएको बताइन्। ६ मई २०१७ मा उनले १ करोड़ ४० लाख ७१ हजार रुपियाँ भुक्तान गरेर उक्त ऋण ब्याज समेत फिर्ता गरेको बताइन्l नुसरतले आफूसँग ब्यांकको सम्पूर्ण विवरण र अभिलेख रहेको दाबी गरेकी छन्। उनले उक्त कम्पनीको कुनै पनि शेयर आफूसँग नभएको बताइन्। नुसरतले सत्यतथ्य थाहा नदिई आफूविरुद्ध मिडिया ट्रायल भइरहेको बताइन्।