पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको यूएसजी रिपोर्ट सन्तोषजनक

202012091807156863_Former-West-Bengal-CM-Buddhadeb-Bhattacharya-hospitalised_SECVPF.jpeg

कोलकाताः पश्चिम बंगालका पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको अल्ट्रा सोनोग्राफी (यूएसजी) परीक्षण बिहिवार गरियो। वुडल्याण्ड अस्पताल सूत्रहरूले बताए अनुसार उनको रिपोर्ट सन्तोषजनक छ। दक्षिण कोलकाताको अस्पतालले जारी गरेको मेडिकल रिपोर्ट अनुसार, उनको छाती र ढॉंड़ कतै पनि पानी जमिएको छैन र कुनै विशेष चिकित्साको आवश्यकता पनि छैन। यसमा लेखिको छ, अहिले उनले जुन आईवी एण्टीबायोटिक्स लिइरहेका छन्, यो शनिवारसम्म जारी रहनेछ। उनलाई राइल्स ट्यूबको माध्यमद्वारा भोजन दिइॅंदैछ। उनको समग्र नैदानिक स्थिति स्थिर बनेको छ।

पूर्व मुख्यमन्त्रीको मंगलवार सॉंझदेखि स्वास्थ्य स्थिर भएपछि अस्पतालबाट छुट्टीको निम्ति कर गरिरहेका थिए। यद्यपि, पछि चिकित्सकहरू र पार्टीका सहकर्मीहरूले सम्झाएपछि उनी अस्पतालमा बस्न तयार भए। उनलाई तल्लो श्वसन तन्त्रमा संक्रमण र टाइप-२ श्वसन विफलताका कारण २९ जुलाई दिउॅंसो अस्पतालमा भर्ती गरिएको थियो।

About Author

Advertisement