सिलगढी: चार महिनापछि भक्तिनगर थानाको पुलिसले चोरीको स्कुटी बरामद गरेको छ। चोरीको आरोपमा एक युवक पनि पक्राउ परेका छन्। अभियुक्तको नाम बेगन तामाङ (२६) रहेको छ। सेवक रोडस्थित एक होटल नजिकबाट चैतन्य अग्रवाल नामका व्यक्तिको स्कुटी चोरी भएको बताइएको छ। त्यसपछि चैतन्य अग्रवालले स्कुटी चोरी भएको भन्दै भक्तिनगर थानामा लिखित उजुरी दिएका थिए। उजुरीका आधारमा अनुसन्धानमा संलग्न प्रहरीले चार महिनाको मिहिनेतपछि सफलता हात पारेको हो। गोप्य स्रोतबाट प्रहरीले स्कुटी चोरको बारेमा थाहा पाएको थियो।

बुधबार पुलिसले बेगेन तामाङलाई सिलगढी नगरपालिकाको वार्ड नम्बर ४ बाट पक्राउ गरे। तिनको बाट चोरीको स्कुटी पनि बरामद भएको थियो। यसपछि आज पुलिसले आरोपी बिगेन तामाङलाई चोरीको आरोपमा जलपाईगुडी अदालतमा पेश गरेको छ।