अखिल सिक्किम चालक कल्याण बोर्डको समन्वय बैठक सम्पन्न

IMG-20230802-WA0371.jpg

गान्तोक: अखिल सिक्किम चालक कल्याण बोर्डको समन्वय बैठक आज मन्त्री सञ्जित खरेलको निवासमा सम्पन्न भयो। यस बैठकमा मन्त्री सञ्जित खरेल अखिल सिक्किम चालक कल्याण बोर्डका अध्यक्ष सोनम ओङदुप भोटिया, मुख्यालय उपाध्यक्ष अजय शर्मा, मुख्यालय उपाध्यक्ष राजु ठटाल लगायत अन्य चालकहरू उपस्थित थिए। बैठकको मुख्य उद्देश्य नवगठित अखिल सिक्किम चालक कल्याण बोर्ड मार्फत सिक्किमका चालकहरूको सेवाहरूका लागि काम गर्ने विषयमाथि केन्द्रित रहेको थियो। यस अवसरमा केही दिन अघि विपक्षी पार्टी क्याप-मा सामेल भएका अखिल सिक्किम ट्रक चालक संघका उपाध्याक्ष दिनेश कार्की सहित अन्यले एसकेएम पार्टीमा प्रवेश गरे। एसकेएएम पार्टी अध्यक्ष एवंम मुख्यमन्त्री पीएस गोलेको दूरदर्शिता एवं चालकहरूप्रतिको स्नेह देखेर आफू पुन: एसकेएम पार्टीमा सामेल भएको दिनेश कार्कीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement