पेट्रोल डीजल र ग्यासको मूल्यवृद्धिको विरोधमा तृणमूल छात्रा परिषदको ऱ्याली

a223e674-22cc-4170-b9b2-deb99740d145

जयगाउँ– कुकिङ ग्यास सहित पेट्रोल र डीजलको आकास छुने मूल्यवृद्धिले गर्दा जनसाधारण मर्कामा परेको स्थितिलाई मध्यनजर गर्दै आज कालचिनी ब्लक तृणमूल छात्रा परिषदको ब्यानरमा भारत भोटाङ सीमान्त सहर जयगाउँमा एउटा वृहत विरोध ऱ्याली निकालिएको जानकारी तृणमूल छात्रा परिषद कालचिनी ब्लक सभापति हैदर अली अन्सारीले दिएका छन्।

आज जयगाउँ कलेज परिसरबाट टीएमसीपीले उक्त विरोध ऱ्याली निकालेको थियो भने ऱ्यालीले जयगाउँ एनएस रोड हुँदै जयगाउँ सहरको परिक्रमा गरेपछि केन्द्रको भाजपा सरकारको तिव्र निन्दा तृणमूल छात्रा परिषदका नेताहरूले गरेको थियो भने जननेतृ ममता ब्यानर्जीको निर्देश औ तृणमूल छात्रा परिषदका राज्य औ जिल्ला नेताहरूको साथमा टीएमसीपीले यो ऱ्यालीको आयोजना गरेको हैदर अली अन्सारीले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement