कोभिड़ सिक्किम: राज्यमा कोरोनाको शून्य नयाँ मामिला

IMG_20210619_080404.jpg

गान्तोक: राज्यमा केही दिनदेखि यता कोरोना संक्रमित रोगीहरूको संख्यमा कमी देखापरिरहेको छ। आज पनि राज्यमा कोरोनाको कुनै नयाँ मामिला फेला नपरेको राज्यको स्वास्थ्य विभागले बताएको छ।

राज्य स्वास्थ्य विभागले जनाए अनुसार हाल राज्यमा सात जना कोरोना संक्रमित रोगीहरू उपचारधीन रहेका छन्।

राज्य स्वास्थ्य विभाग अनुसार, हिजो ६३ जनाको कोरोना परीक्षण गरेकोमा, कसैमा पनि संक्रमण पाइएन।

हाल राज्यको कोरोना सकारात्मकता दर शून्य प्रतिशत रह्यो भने रिकभरी दर ९८.८ प्रतिशतमा रहेको छ। हालसम्म राज्यमा ३७,९५५ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,१६१ जना कोरोना संक्रमित बनिसकेका छन्। यस रोगको कारण हालसम्म ४५२ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement