मङ्पू: मङ्पू-लाब्दा समष्टि, एनएचपीसीअन्तर्गत टिस्टा लो ड्याम-३ कन्ट्रयाक वेल्फर एसोसिएसननको पहिलो वर्षगाँठ भव्य रुपमा पालन गरियो। उक्त समारोह समितिकै अध्यक्ष श्रीमान अकल गुरुङको अध्यक्षतामा गरिएको थियो भने यस समारोहको प्रमुख अतिथि मङ्पू लाब्दा समष्टिका सभासद एव जीटीएका कार्यकारी सभासद रतन थापा रहेको थियो साथै विशिष्टि अतिथिको रुपमा कालेबुङ्का विधायक रुदेन सादा, दार्जीलिङ महाकुमा जन सम्पर्क अधिकारी विज्ञान मिश्र, मङ्पू लाब्दा समष्टि युवा शक्ति अध्यक्ष दिव्य बम्जन, हाईवे पंचायत समिति सदस्य एव संयोजक उत्तम राई, केन्द्रीय समिति युवा शक्ति सोसियल मिडिया प्रभारी बिभोर तामाङ, ग्राम पंचायत सदस्य संगमित लेप्चा, कल्पना राई, भागोप्रमो हाईवे संयोजक राजेन मुखिया, युवा शक्ति उपाध्यक्ष आदित्य मुखिया, युवा शक्ति कार्यकारी सदस्य सिधान्त मुखिया, साजन मुखिया आदिको बिसेस उपस्थिति रहेको थियो l
कार्यक्रम संचालन सुबास प्रधान अनि विवेक विश्वकर्मले गरेका थिए भने स्वागत भाषण समिति सचिव दिपेन महतोले राखेका थिएl यस कार्यक्रममा समितिको पक्षबाट उपाध्यक्ष दिब्य दर्शन गुरुङ, दिपेन थापा, भीम भिम प्रधान, आरोहण राई, बिर्ख बहादुर भुजेल, मनोज कुमार प्रधान, बिबेक लिम्बु,विश्वास राई, दिपक थापा, गौरभ छेत्री लगायत समिति सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियोl