युनाइटेड खोलाचन्द फाप्रीको एकतर्फी जीत

IMG-20230731-WA0001.jpg

३० जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड खोलाचन्द फाप्रीले एकतर्फी जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा आइतवार भएको म्याचमा युनाइटेड खोलाचन्द फाप्रीले लायन्स फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट अनिकेत एक्का, राजेश सिंह, सौरभ प्रधान र अलोक रोयले गोल गरे। युनाइटेड खोलाचन्द फाप्रीका राजेश सिंहलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। सोमवार कुनै म्याच छैन। मंगलवार खेलिने म्याचमा जलपाइगढ़ी पुलिस र रोयल युथ क्लबबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement