खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा २८ नम्बर खरसाङ देवराली समष्टीकाे सागंठनिक सभा नारी शक्ति अध्यक्षा सुष्मा मुखियाको अध्यक्षतामा सम्पन्न भयो।
सभामा हालै भएको पञ्चायत चुनावबारेमा प्रत्येक क्षेत्रकाे प्रतिनिधिहरुले समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए भने आउँदो दिनमा संगठनलाई कसरी मजबुत गरेर अघि लाने विषयमा भावी रणनीतिहरु पनि तय गरिएको छ। आजको चुनाव समीक्षा सभाबारे जानकारी गराउँदै सभासद एवम् २८ नम्बर खरसाङ देवराली समष्टीको सचिव श्याम शेर्पाले भने, हाम्रो २८ नम्बर समष्टीमा चिया बगान, बस्ती र नगरपालिका क्षेत्र पर्छ। आज हामीले २८ नम्बर समष्टीको बस्ती क्षेत्र चकाे प्रतिनिधिहरुलाई लिएर संगठनलाई कसरी मजबुत गर्ने साथै आ-आफ्नो क्षेत्र र क्षेत्रवासीकाे समस्या समाधानकाे लागि संगठनले कसरी काम गर्ने साथै विभागीय सहुलियतहरू कसरी जनतासम्म पुराउने भन्ने विषयमा सरसल्लाह गरिएको छ।
आजको सभामा विशेष गरी हालै भएको पञ्चायत चुनावमा विजय भएको पञ्चायत समिति सदस्य दिनेश तामाङ, पञ्चायत सदस्य दिपेश थापा अनि सिमा थापाकाे उपस्थिति रहेको थियोे भने उनीहरूले आफ्नो वक्तव्य राख्दै सुझावहरु पनि राखेका थिए।
सभामा समष्टि नारी शक्तिका सांगठनिक सचिव ललिता छेत्रीले सञ्चालन गरेका थिए भने मजुवा, खुन्द्रुके, चिम्नी, नर्थ शिवखोला, देवराली, चैतेपानीका पदाधिकारीगणकाे उपस्थिति रहेको थियो। सभामा सबैले आ-आफ्नो क्षेत्रकाे विभिन्न समस्याहरू र सुझावहरु राखेका थिए। अन्त्यमा सभा अध्यक्षा सुष्मा मुखियाले आउँदो दिनमा ५ जना ग्राम पञ्चायत सबै एकताको सूत्रमा बाँधेर सबै एकै परिवार भएर दु:ख सुखमा सहभागिता भई संगठनलाई अघि लाने सुझाव दिन्दै सबैप्रति धन्यवाद ज्ञापन गरिन्।