३० जुलाईः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा राइजिंग स्टार एफसी-ले जोजो एफसी (कलेज भेल्ली)-लाई सजिलैसँग ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अनुराग प्रधानले ह्याट्रिक गरे। यसबाहेक सरन राईले २ गोल गरे। जोजो एफसी-बाट रिकदेन तामाङले १ गोल गरे। यसरी दोस्रो म्याचमा लेंगा एसपी-ले युनाइटेड ब्रदर्सलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अबिष्कार राई र श्रयस राईले २-२ गोल गरे। यसरी युनाइटेड ब्रदर्सबाट रिग्देन तामाङले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।