राइजिंग स्टार एफसी र लेंगा एसपी विजयी

photocollage_2023730103323687.jpg

३० जुलाईः अप्पर सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित खुल्ला नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा भएको पहिलो म्याचमा राइजिंग स्टार एफसी-ले जोजो एफसी (कलेज भेल्ली)-लाई सजिलैसँग ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अनुराग प्रधानले ह्याट्रिक गरे। यसबाहेक सरन राईले २ गोल गरे। जोजो एफसी-बाट रिकदेन तामाङले १ गोल गरे। यसरी दोस्रो म्याचमा लेंगा एसपी-ले युनाइटेड ब्रदर्सलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट अबिष्कार राई र श्रयस राईले २-२ गोल गरे। यसरी युनाइटेड ब्रदर्सबाट रिग्देन तामाङले १ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement