प्रीमियर डीविजनमा युनाइटेड दार्जीलिङ अनि फर्स्ट डीविजनमा हिमालयन एफसी च्याम्पियन

IMG-20230729-WA0450.jpg

२९ जुलाईः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित बेणु सुब्बा स्मृति प्रीमियर डीविजन फूटबल लीगमा युनाइटेड फूटबल क्लब दार्जीलिङ च्याम्पियन भयो। दार्जीलिङको लेबोंग स्थित गोर्खा स्टेडियममा शनिवार खेलिएको फाइनलमा युनाइटेड दार्जीलिङले सेण्ट जोसेफ्स कलेजलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयमा युनाइटेड दार्जीलिङबाट सतीश राई, पेम्बा तामाङ र गणेश लिम्बुले गोल गरे। यसरी सेण्ट जोसेफ्स कलेजबाट देव राईले २ अनि ज्योति छेत्रीले १ गोल गरे।

यसरी जशोदा गिरी स्मृति फर्स्ट डीविजन फूटबल लीगमा हिमालयन फूटबल क्लब च्याम्पियन भयो। फाइनलमा हिमालयन फूटबल क्लबले मेवरिक स्पोर्टिंग क्लबलाई १-०-ले पराजित गऱ्यो। च्याम्पियन टीमबाट साहिल मुखियाले एकमात्र गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement