शिक्षिका विजय कुमारी प्रधानको निधन

00-1-A-IMG-20230729-WA0407

सुकेपोखरी: सुकेपोखरी निवासी शिक्षिका विजय कुमारी प्रधानको ७७ वर्षको उमेरमा स्वर्गवास भएको दु:खद समाचार प्राप्त भएको छ। उनको आज निजी वासस्थान सिमाना रोड सुकेपोखरीमा मृत्यु भएको परिवार पक्षले बताएको छ। उनले १९६६ सालमा पुलुङदुङ निम्न बुनियादी पाठशाला बाट शिक्षण पेशामा आफूलाई समर्पित गरेर उनले १९७४ सालदेखि १९८१ सालसम्म सिमाना निम्न बुनियादी पाठशाला अनि युवक संघ प्राथमिक पाठशाला २००६ सालमा सह शिक्षकको पदबाट अवकाश ग्रहण गरेकी थिइन्। सुकेपोखरी युवक संघ प्राथमिक पाठशाला पूर्व शिक्षिका अवकाश प्राप्त जीवन व्यतीत गरिरहेकी थिइन्। गत धेरै दिन देखि उनी अस्वस्थ भएको कारण  उपचारधिन थिइन्। यस दु:खद घड़ीमा परिवारप्रति भागोप्रमो सुकेमानेभन्ज्याङ समष्टि अनि कार्यकरनी सभासद उदय देवान,सन्त सेभियो इङ्ग्लिस स्कुल सुकेपोखरी परिवार, सुकेपोखरी युवक संघ, सचेत मञ्च, सुकेपोखरी प्रत्रकार संगठनलगायत विभिन्न सध संस्थाले शोक संवेदना प्रकट गरेका छन्। सबैले स्वर्गीय प्रधान प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माले चिर शान्ति प्राप्त गरून् भनी ईश्वरसित प्रार्थना सगै परिवारलाई यस दुखद घडीमा इश्वरले सहन शक्ति प्रदान गरून भनी प्रार्थना गरेका छन्। सचेत मञ्च संयोजक अनि युवक संघ सचिव फुर्बा छिरिङ्ग शेर्पाले गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

About Author

Advertisement