‘पीएम श्री’ योजनाको पहिलो किश्ता जारी
नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय शिक्षा नीति (एनईपी) लागू भएको तीन वर्ष पूर्ण भएको उपलक्ष्यमा शनिवार ‘भारत मण्डपम’मा आयोजित अखिल भारतीय शिक्षा समागमको उद्घाटन गरे। यस अवसरमा प्रधानमन्त्रीले भने, ‘एनईपीको लक्ष्य भारतलाई अनुसन्धान औ नवाचारको केन्द्र बनाउनु होl’ प्रधानमन्त्रीले कार्यक्रमबीच रिमोटको बटन दबाएर ‘पीएम श्री’ योजना अन्तर्गत राज्य, केन्द्रशासित प्रदेश, केन्द्रिय विद्यालय संगठन एवं नवोदय समितिका चयनित ६२०७ स्कूलहरूको निम्ति प्रथम चरणको प्रथम किश्ताको रूपमा ६३० करोड़ रुपियाँभन्दा अधिक केन्द्रीय राशि हस्तान्तरित गरे। यसको साथै प्रधानमन्त्रीले १२ भारतीय भाषाहरूमा अनुवादित शिक्षा र कौशल पाठ्यक्रमका पुस्तकहरूको पनि विमोचन गरे।
समागमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘एनईपीको लक्ष्य भारतलाई अनुसन्धान र नवाचारको केन्द्र बनाउनु हो। शिक्षाले नै देशको भाग्य परिवर्तन गर्ने सामर्थ्य राख्दछ। आज २१औं शताब्दीको भारतले जुन-जुन लक्ष्यहरूलाई लिएर अघि बढ़िरहेको छ त्यसमा हाम्रो शिक्षा व्यवस्थाको पनि ठूलो महत्व छ। राष्ट्रिय शिक्षा नीतिले पारम्परिक ज्ञान प्रणाली तथा भविष्यको प्रौद्योगिकीलाई समान महत्व दिएको अवगत गराउँदै उनले अघि भने, ‘हाम्रो शिक्षा प्रणालीले आधुनिक विज्ञान र प्रौद्योगिकीमा देशको प्रगतिलाई नेतृत्व गर्दै यहाँका परम्पराहरूको संरक्षण पनि गरिरहेको छl’
शिक्षाको लागि विमर्श एवं सम्वाद आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुशी लागिरहेको छ कि अखिल भारतीय शिक्षा समागमको यस सत्रको माध्यमबाट हामी विमर्श र विचारको आफ्नो परम्परालाई अघि बढ़ाइरहेका छौं। यसपूर्व यस किसिमको आयोजन काशीको नवनिर्मित रूद्राक्ष सभागृहमा सम्पन्न भएको थियो भने यसपालि यो समागम दिल्लीको यस नवनिर्मित भारत मण्डपममा भइरहेको छl’ यस अवसरमा केन्द्रीय शिक्षा एवं कौशल विकास मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो उद्घाटन भाषणमा भने, ‘प्रधानमन्त्री मोदीको भिजनले वर्ष २०१४ देखि नै देशमा शिक्षा नीतिलाई लिएर मार्गदर्शन र प्रेरणा दिरहेको छl’ उनले भने, ‘प्रधानमन्त्रीको नेतृत्वमा एनईपी २१औं शताब्दीको भारतको महत्वपूर्ण तत्व होl’ –हिस