दार्जीलिङ: समाज घरको निर्माण कार्यको निम्ति हाम्रो पार्टी केन्द्रीय सहसचिव एंव सभासद प्रतीम सुब्बाले शिरूबारी समाजलाई समाग्रीहरू दिएका छन्। हेप्पी भ्याली चिया बगानको शिरूबारी घरमा सामाजिक कार्यहरूको निम्ति समाज घर एंव भवन नभएको हुनाले स्थानीय गाउँलेहरूलाई समाजिक कार्यहरूको आयोजना गर्न धेरै समस्याहरू भईरहेको थियो।सिरूबारी गाउँको गाउँलेहरूले भोग्दै आईरहेको यी समस्याहरूमाथि कुनै प्रकारको पहल नहुँदा सिरूबारी समाजले नै आफ्नो गाउँ आफै बनाउँ भन्ने सोच लिएर समाज घरको निर्माण कार्य शुरू गरेको छ। सिरूबारी समाजको उक्त पहललाई प्रशंसा गर्दै हाम्रो पार्टी केन्द्रीय सहसचिव एंव सभासद प्रतिम सुब्बाले समाज घर एंव भवन निर्माण कार्यको निम्ति एक ट्रक ब्लक लगायत अन्य समाग्री प्रदान गरेका छन्। त्यसै अवधि हाम्रो पार्टी केन्द्रीय सहसचिव एंव सभासद सुब्बाले हेप्पी भ्याली चिया बगानमा कार्यरत चिया श्रमिकहरूलाई एकहरूको वितरण गर्ने कार्य गरेका छन्। यसै सन्दर्भमा हाम्रो पार्टी केन्द्रीय सहसचिव एंव सभासद प्रतीम सुब्बाले बताए अनुसार सिरूबारी गाउँमा समाज घर एंव भवनको अति नै खाँचो थियो।

गाउँमा समाज घर एंव भवन नभएको कारणले गर्दा स्थानीय मानिसहरूलाई समाजिक कार्यहरूको आयोजना गर्न धेरै समस्याहरू भईरहेको थियो।गाउँलेहरूले भोग्दै आईरहेको समस्याहरू देख्दा देख्दै पनि कुनै प्रकारको पहल नहुँदा सिरूबारी गाउँको मानिसहरूले आफ्नो गाउँ आफै बनाउनुपर्छ भन्ने हेतुले समाज घर एंव भवन निर्माणको जो कदम उठाए त्यो अति नै प्रशंसनीय रहेको सुब्बाले बताए।

तिनले भने, सिरूबारी समाजको यो पहललाई मैले एक ट्रक ब्लक प्रदान गरेर केवल सानो सहयोग पुराउने कार्य मात्र गरेको हो सुब्बाले भने। अहिले बर्खा याममा रात दिन पानी परेको हुनाले चिया बगानमा कार्यरत् श्रमिकहरूलाई धेरै प्रकारको समस्याहरू भईरहेको छ। आफु स्वयम् पनि चिया बगानमा नै जन्मेको हुनाले चिया श्रमिकहरूको दु:ख मैले राम्रोसंगले बुझेको छु। त्यसकारण आज मैले हेप्पी भ्याली चिया बगानमा कार्यरत् श्रमिकहरूलाई छाता वितरण गरेको हो भन्ने सुब्बाले बताए।

हेप्पी भ्याली चिया बगानको सिरूबारी समाजको कार्यकर्ता एंव सदस्यहरूले हाम्रो पार्टी केन्द्रीय सहसचिव एंव सभासद प्रतीम सुब्बाप्रति आभार जनाएका छन।त्यसरी नै हेप्पी भ्याली चिया बगानको श्रमिकहरूले पनि सुब्बाप्रति आभार जनाउँदै हामीलाई हाम्रो दु:ख बुझ्ने यस्तै नेता चाहिन्छ भनेको बताइएको छ।