कालेबुङको पेदोङ पञ्चायत समितिमा भागोप्रमोले बोर्ड गठन गर्ने निश्चित

IMG-20230729-WA0428.jpg

कालेबुङ: कालेबुङ जिल्ला अन्तर्गत पेदोङ पञ्चायत समितिका दुई स्वतन्त्र विजेताहरू क्रमैले सुकमित लेप्चा अनि सम्झना थिङ लामा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। दुई निर्दलीय विजेताहरू सामेल भएपछि कालेबुङको पेदोङ पञ्चायत समितिको बोर्ड भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बोर्ड गठन गर्ने निश्चित भएको छ। पेदोङ पञ्चायत समिति १० सदस्यीय समिति हो। समितिको गणित अब बीजीपीएम ६ सिट, भाजपा १ अनि स्वतन्त्र ३ रहेको छ।
सुकमित लेप्चाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको समय भनिन्, “स्वतन्त्र रहेर आफुले चुनावमा गरेको वचन पूरा गर्न असमर्थ छु। त्यही भएर भागोप्रमोलाई समर्थन गरेकी हुँ।”

दुवै विजेताहरुलाई पार्टीमा स्वागत गर्दै पार्टी अध्यक्ष अनित थापाले भने, “बहिनीहरुलाई पार्टीमा स्वागत गर्दछु। क्षेत्रको विकास नै हाम्रो उद्देश्य रहेको छ। पेदोङ क्षेत्र अझ समृद्ध बनेर जानेछ। जनताको भोटले तपाईहरुलाई जिताएको हो, अब जनताको निम्ति काम गर्नुहोस्।”

About Author

Advertisement