सिलगढ़ी युनाइटेड फूटबल क्लब विजयी

IMG-20230729-WA0409.jpg

२९ जुलाईः सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। सालुगढ़ा खेल मैदानमा शनिवार भएको म्याचमा सिलगढ़ी युनाइटेड फूटबल क्लबले युनाइटेड सिक्किम फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो।

विजेता टीमबाट सुरज र राज सुब्बाले गोल गरे। यसरी युनाइटेड सिक्किमबाट विलियमले गोल गरे। युनाइटेड सिक्किम एफसी-का १० नम्बर जर्सीधारी खेलाड़ीलाई प्लेयर अव् द म्याच चयन गरियो। उनलाई एक हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

आइतवार खेलिने म्याचमा युनाइटेड खोलाचन्द फाप्री र गुल्मा टी स्टेटबीच भिड़न्त हुनेछ। यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र ११ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement