सिटोङमा स्वनिर्भर दलद्वारा वृक्ष रोपण र रोड सफाई

IMG-20230729-WA0395.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सिटोङ एक ग्राम पञ्चायत एकको स्वनिर्भर दलद्वारा वृक्ष रोपण कार्य सम्पन्न गरिएको छ। सिटोङ एक ग्राम पञ्चायतको अप्पर डायरी गाउँ स्वनिर्भर दलद्वारा वृक्ष रोपण साथै बाटो सर सफाई कार्य सम्पन्न गरेका छन्। यस अवसरमा अप्पर डायरी गाउँ स्वनिर्भर दलका सभापति इन्द्रकला गुरुङ, सचिव सारिका लेप्चा, कोषाध्यक्षा रेखामणि राई लगायत सदस्याहरू उपस्थित रहेका थिए।

उक्त वृक्ष रोपण कार्यमा स्वनिर्भर दलद्वारा विभिन्न प्रजातिका बिरूवाहरू रोप्ने कार्य सम्पन्न गरेका थिए। त्यसरी नै सिटोङ एक ग्राम पञ्चायत क्षेत्रका मुख्य रोडको सर सफाई सम्पन्न गरिएको छ। यस वृक्ष रोपण र रोड सर सफाई विषयमा सिटोङ एक ग्राम पञ्चायतको अप्पर डायरी गाउँ स्वनिर्भर दलकी एक सतस्या सन्ध्या आचार्यले पत्रकारहरूसित कुराकानी गर्दै हामी स्वनिर्भर दल मिलेर आज वृक्ष रोपणको कार्य सम्पन्न गरेका छौं जसमा विभिन्न प्रजातिका बिरुवाहरू रोप्ने कार्य सम्पन्न भएको छ भनी बताइन्।

उनले वृक्ष रोपण कार्यसितै सिटोङ एक ग्राम पञ्चायत क्षेत्रको मुख्य मानिने रोड पनि सर सफाई गरिएको जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement