नौसेनाले बंगालको खाड़ीमा फसेका ३६ भारतीय मछुआरहरूलाई बचायो

00-1-Rashtriya-Samachar-30

जहाजको चालक दलले चुनौतीपूर्ण समुद्री परिस्थितिहरूमा ३० घण्टा लामो संघर्ष गऱ्यो

नयाँ दिल्ली: बंगालको खाड़ीमा तैनाथ भारतीय नौसेनाको जहाज ‘खञ्जर’ तमिलनाडु तटदेखि १३० समुद्री माइल टाड़ा बितेका दुई दिनदेखि फसेका ३६ भारतीय मछुआराहरूलाई सुरक्षित फर्काउन सफल भएको छ। मछुआराहरू माछा समात्ने तीनवटा नौकाहरूमा सवार थिए जसलाई जहाजको चालक दलले चुनौतीपूर्ण समुद्री परिस्थितिहरूबीच ३० घण्टाभन्दा अधिक समयसम्म संघर्ष गरेर बचायो।

बंगालको खाड़ीमा परिचालन तैनाथीमा रहेको आईएनएस खञ्जरले तमिलनाडु तटदेखि लगभग १३० नटिकल माइल टाड़ा माछा समात्ने तीनवटा ठूल्ठूला नौकाहरू क्रमैले सबरैनाथन, कलैवानी र वीसामीको पत्तो लगायो। यी जहाजहरूमा तमिलनाडुको नागापट्टिनममा बस्ने ३६ जना मछुआराहरू सवार थिए जो प्रतिकूल मौसमबीच बिना ईन्धन, सामान र इञ्जन खराब भएकोले दुई दिनभन्दा अधिक समयदेखि समुद्रमा फसेका थिए। नौसेनाको जहाजले तत्काल आवश्यक सामानहरू उपलब्ध गराएर माछा समात्ने जहाजहरूलाई समुद्रमा ३० घण्टाभन्दा अधिक समयसम्म तानेर अन्ततः चेन्नई बन्दरगाहमा सुरक्षित ल्याइपुऱ्यायो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement