मणिपुरमा शान्ति एवं सौहार्द बहाली हुन आवश्यक छ: अधीर रञ्जन चौधरी

Adhir-Ranjan-Choudhary-2

नयाँ दिल्ली: कांग्रेसका वरिष्ठ नेता एवं सांसद अधीर रञ्जन चौधरीले भने, ‘विपक्षी दलहरूको सङ्गठन इण्डिया मणिपुरमा पुन: शान्ति र सौहार्द बहाली होस् भन्ने चाहन्छ। यसै उद्देश्य अन्तर्गत विपक्षको प्रतिनिधिमण्डल शनिवार दुई दिवसीय मणिपुर यात्रामा गइरहेको छl’ दिल्ली हवाईअड्डामा मीडियासित बातचित गर्दै चौधरीले भने, ‘मणिपुरमा फेरि शान्ति र सौहार्द बहाल होस् भन्ने हाम्रो उद्देश्य हो। त्यहाँका पीड़ितहरूलाई सहयोग गर्नुपर्छ साथै बेघर भएकाहरूको पुनर्वासको प्रक्रियालाई अघि बढ़ाउनुपर्छ। हामी त्यहाँ यस्तै मुद्दाहरूलाई उठाउनेछौं। हामी मणिपुरका राज्यपाललाई भेटेर स्थितिबारे अवगत गराउनेछौंl’

यात्रामा सामेल कंग्रेस सांसद गौरव गोगोईले भने, ‘हामी चाहन्छौं संसदमा मणिपुरमाथि चर्चा होस्। मणिपुरमा युद्ध जस्तो स्थिति भएको छ। यात्रामा गइरहेका राजद सांसद मनोज झाले भने, विपक्षी दलहरूको प्रतिनिधिमण्डल मणिपुरका मानिसहरूलाई सुन्न गइरहेको छ। त्यहाँ गएर सबै समुदायका कुराहरू सुन्ने हाम्रो प्रयास रहनेछl’ उल्लेख्य, इण्डिया गठबन्धनका सांसदहरूको प्रतिनिधिमण्डल आजदेखि दुई दिवसीय मणिपुर दौड़ाहमा रहनेछन्। त्यहाँ उनीहरूले हिंसा पीड़ितहरूसित भेट गरी स्थितिको प्रत्यक्ष अनुभूति गर्नेछन्। -हिस  

About Author

Advertisement