जमिन विवादमा दुई पक्षबीच झडप, आठ घाइते

b472f62c-c04a-4a6e-b6b3-471f773bbb99

जलपाइगढी: पारिवारिक जमिन विवादमा दुई पक्षबीच झगडा भएको छ। झडपमा दुवै पक्षका ८ जना घाइते भएका छन् । घटना शुक्रबार साँझ धुपगढी ब्लकको गाडोङ नम्बर २ ग्राम पञ्चायतको पूर्वी शालबारी क्षेत्रमा भएको हो। घटनाले क्षेत्रमा निकै सनसनी फैलाएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धुपगढी ग्रामीण अस्पतालमा ल्याइएको छ। पूर्वी शालबारी क्षेत्रमा जग्गा विवादलाई लिएर दाजुभाइबीच झडप भएको बताइएको छ। घटनामा दुबै पक्षका आठ जना घाइते भएका छन्। केही घाइतेहरूलाई जलपाइगढी सुपर स्पेशलिटी अस्पतालमा लगिएको छ। तर अहिलेसम्म यस घटनामा पुलिसमा लिखित उजुरी परेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement