टी२० वर्ल्ड कपको शेड्यूल अघि आयो, आउँदो साल ४ जूनदेखि शुरुवात

IMG-20230729-WA0246.jpg

२९ जुलाईः आउँदो साल वेष्ट इण्डिज र संयुक्त राज्य अमेरिकामा हुने आईसीसी टी२० वर्ल्ड कप ४-देखि ३० जूनबीच हुने एउटा रिपोर्टमा बताइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-को टीमले अमेरिकामा शर्टलिस्ट गरिएको केही स्थलहरूको निरीक्षण गऱ्यो, जहाँ पहिलोपल्ट कुनै अन्तर्राष्ट्रिय क्रिकेट म्याच हुनेछ। यसमा फ्लोरिडाको लडरहिल पनि सामेल छ, जहाँ यसअघि एउटा अन्तर्राष्ट्रिय म्याच भइसकेको छ। अभ्यास म्याचको निम्ति मरिसविले, डलास र न्यूयोर्कलाई चयन गरिएको छ। मरिसविले र डलासमा मेजर लीग क्रिकेटको पहिलो संस्करणमा म्याचहरू भइरहेको छ। डलास (ग्राण्ड प्रेयरी स्टेडियम), मरिसविले (चर्च स्ट्रीट पार्क) र न्यूयोर्क (ब्रोंक्स में वेन कोर्टल्याण्ड पार्क)-को मैदानहरूलाई अहिलेसम्म अन्तर्राष्ट्रिय म्याच आयोजन स्थलको दर्जा हासिल भएको छैन, जुन आईसीसीको नियमहरू अनुसार अनिवार्य छ। आयोजन स्थलहरूबारे आईसीसीले आउँदे केही महिनामा क्रिकेट वेष्ट इण्डिज (सीडब्ल्यूआई) र यूएसए क्रिकेट (यूएसएसी)-सँग मिलेर अन्तिम फसेला लिन सक्छ।
यस हप्ता आयरल्याण्ड, स्कटल्याण्ड र पापुआ न्यू गिनीले टी२० वर्ल्ड कपको निम्ति क्वालीफाई गरेको छ। पापुआ न्यू गिनी पूर्वी एशिया-प्रशान्त क्वालीफायरमा शीर्ष स्थानमा रह्यो भने आयरल्याण्ड र स्कटल्याण्ड यूरोपियन क्षेत्र क्वालीफायरमा शीर्ष दुई स्थानमा रह्यो। अमेरिका (एक स्थानको निम्ति), अफ्रिका (दुई स्थानको निम्ति) अनि एशिया (दुई स्थानको निम्ति) क्षेत्रहरूबाट क्वालीफायर आउँदो महिनाहरूमा तय हुनेछ।
क्षेत्रीय क्वालीफायरभन्दा अगावै १२ वटा टीमले टी२० वर्ल्ड कपको निम्ति क्वालीफाई गरिसकेको छ, जसमा आयोजक वेष्ट इण्डिज र अमेरिकाको साथमा २०२२ टी२० वर्ल्ड कपको शीर्ष आठवटा टीम – अष्ट्रेलिया, ईंग्ल्याण्ड, भारत, नीदरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका सामेल छ। अफगानिस्तान र बंग्लादेशले टी२० इण्टरनेशनल ऱ्यांकिंगमा आफ्नो पोजिशनको आधारमा क्वालीफाई गरेको छ।
२०२४ वर्ल्ड कपको प्रारूप गत दुई संस्करण (यूएईमा २०२०-२१ र अष्ट्रेलियामा २०२२) भन्दा अलग हुनेछ, जहाँ पहिलो राउण्डपछि सुपर-१२ को आयोजन गरिएको थियो। आउँदो साल २० वटा टीमलाई पहिलो राउण्डको निम्ति ५-५-को चारवटा ग्रुपमा बाँड़िनेछ, जसमा हरेक ग्रुपबाट शीर्ष दुईवटा टीमले सुपर ८-को निम्ति क्वालीफाई गर्नेछ। शीर्ष आठवटा टीमलाई ४-४-को दुईवटा ग्रुपमा बाँड़िनेछ। हरेक ग्रुपबाट शीर्ष दुईवटा टीमले सेमिफाइनलमा स्थान बनाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement