केन्द्रीय गृहमन्त्री शाहद्वारा रामेश्वरम मन्दिरमा राष्ट्रको सुख-समृद्धिको लागि प्रार्थना

00-1-Amit-Shah-Home-Minister-6

नयाँ दिल्ली: केन्द्रीय गृहमन्त्री अमित शाहले शनिबार रामेश्वरम मन्दिरमा राष्ट्रको सुख एवं समृद्धिको लागि प्रार्थना गरे। अमित शाहले ट्वीट गरी भने, ‘रामेश्वरम मन्दिर सनातन संस्कृतिको प्राचीनतम र वैभवको अक्षुण्ण प्रतीक हो। १२ ज्योतिर्लिङ्गहरूमध्ये एक रामेश्वरममा प्रभु रामले भगवान शिवको पूजा गरेका थिएl’ उनले भने, ‘आज ‘आदि थिरूविजहा’ को शुभ अवसरमा यहाँ दर्शन गरेर अत्यन्त सुखद अनि परम सौभाग्य अनुभूति भइरहेको छ। भोलेनाथसित देशवासीहरूको खुशियाली औ राष्ट्रको समृद्धिको लागि प्रार्थना गरेको छुl’ उल्लेखनीय छ, अमित शाह शुक्रबार साँझ तमिलनाडु पुगेका हुन्। आज उनले आफ्नो दिनको शुरूआत पूजा-अर्चनाबाट गरे। -हिस

About Author

Advertisement