नयाँ दिल्ली: सार्वजनिक क्षेत्रको युको ब्यांकको खुद नाफा चालू आर्थिक वर्षको पहिलो (अप्रेल-जून) त्रैमासिकमा ८० प्रतिशतले बढेर २२३ करोड रुपियाँ पुगेको छ। खराब कर्जा घटेका कारण ब्यांकको नाफा बढेको हो। कोलकातास्थित ब्यांकले अघिल्लो आर्थिक वर्षको सोही त्रैमासिकमा १२४ करोड रुपियाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा ब्यांकको खुद ब्याज आम्दानी ५,२२४ करोड रुपियाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३,८५१ करोड रुपियाँ थियो।
ब्यांकको कूल गैर-कार्यक्षम सम्पत्ति (एनपीए) अघिल्लो वर्षको सोही अवधिमा ७.४२ प्रतिशतबाट बढेर ४.४८ प्रतिशत पुगेको छ। त्यस्तै, ब्यांकको खुद एनपीए गत आवको सोही अवधिमा २.४९ प्रतिशतको तुलनामा १.१८ प्रतिशतमा झरेको छ। तर, ब्यांकको खराब कर्जाको वित्तीय प्रावधान अघिल्लो वर्षको सोही अवधिमा २६८ करोड रुपियाँको तुलनामा बढेर ३९८ करोड रुपियाँ पुगेको छ। समीक्षा अवधिमा ब्यांकको पुँजी पर्याप्तता अनुपात १६.८५ प्रतिशतमा सुधार भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो १४.१३ प्रतिशत थियो।