गान्तोकः सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको जन उन्मुक्ति दिवस यस वर्ष रम्फूको खेल मैदानमा भव्यताको साथ पालन गरिने भएको छ। यस सम्बन्धमा एक विशेष सभा मन्त्री तथा युवा उपाध्यक्ष प्रभारी सञ्जीत खरेलको विशेष उपस्थिति सम्पन्न भयो।
सो दिवसलाई यस वर्ष भव्य रूपमा सम्पन्न गर्न आज पहिलोपटक समन्वय सभा डाकिएको थियो। आजको सभाले कार्यक्रम सम्बन्धित विभिन्न पद, जिम्मेवारी र दायित्व बहन गर्नुपर्ने कुरामाथि चर्चा गरिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।
सभामा युवा अध्यक्ष लाक्पा मोक्तान, सांगठनिक उपाध्यक्ष प्रभारी पवित्र मानव, प्रमुख युवा सम्योजक सहदेव शर्मा, महासचिव पुजन राई, मुख्यमन्त्रीकि अतिरिक्त राजनीतिक सचिव कविता शर्मा, महासचिव संगठन कर्मा सुब्बा, युवा संगठन सचिव गगन गुरुङ, ओएसडी बिमल खरेल आदि पनि उपस्थित थिए।
पछि, उपस्थित टोलीले कार्यक्रम स्थलको पनि निरीक्षण गरे। आगामी १ अगस्तका दिन सम्पूर्ण मन्त्री, विधायक साथै पार्टीका सांगठनिक प्रमुखहरुलाई लिएर पुनः समीक्षा सभा राख्ने सभाले निर्णय गरेको बताइएको छ।