हुगलीः हुगली जिल्लाको रिसडामा रामनवमी र त्यसपछि भड्किएको हिंसापछि चन्दननगर पुलिस कमिश्नरेटको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको थियो। यसलाई ध्यानमा राख्दै यसपाली मुहर्रमको अवसरमा रिसडामा सुरक्षाको कडा व्यवस्था गरिएको छ।
चन्दननगर पुलिस कमिश्नरेटका डीसी डा. अरविन्द आनन्दले भने, यसपाली मुहर्रमको अवसरमा पुलिसले सुरक्षाको कडा व्यवस्था गरेको छ। लगातार पुलिसका वाहनहरूले क्षेत्रमा पेट्रोलिङ गरिरहेका छन्। रिसडाका सबै महत्वपूर्ण मार्गहरूमा पुलिस पिकेट लगाइएका छन्। मुहर्रमको सम्पूर्ण मार्गलाई पुलिसको सुरक्षा घेरामा राखिएको छ। ड्रोनको माध्यमद्वारा क्षेत्रमाथि निगरानी राखिन्दैछ।
रिसडाको संवेदनशीलतालाई ध्यानमा राख्दै ठूलो संख्यामा पुलिस अधिकारीहरूलाई तैनात गरिएका छन्। यस अतिरिक्त विशेष दल र रेपिड एक्शन फोर्सका जवानहरूलाई पनि रिसडामा तैनात गरिने छ। मुहर्रमको सम्पूर्ण मार्गलाई सेनिटाइज गरिएको छ। रामनवमीमा भएको हिंसालाई ध्यानमा राख्दै रिसडामा सुरक्षाको कडा व्यवस्था गरिएको डीसीपीले बताएका छन्।
-हिस









