बीरपाडा- भगवान बुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा बड़ाहौदा मणि छोइखोरलिङ गुम्बा सञ्चालन समितिको पक्षबाट आज ३ वर्ष लोसुम गुफा साधना गरी आएका गुम्बाका डुब्ला कर्मा ग्युरमे लामा अनि तीन दिवसीय कु (मूर्ति) ह्रापने तथा बुद्ध जयन्ती समारोह भव्यरुपमा सम्पन्न गरे वापत आयोजक समितिलाई सम्बर्द्धना जनाइयो। गुम्बाका धर्मगुरू लामा छिरिङ दोर्जे घिसिङ,गुम्बा समितिका सभापति मनोज तामाङ अनि संस्थापक मकु तामाङको बाहुलीबाट खदा लगाएर अनि सम्वर्द्धना पत्र प्रदान गरेर सम्वर्द्धना जनाइयो ।
यस अवधि डुब्ला कर्मा ग्यूरमे लामाले आजको यस पवित्र दिनमा तिनलाई गुम्बा समितिको पक्षबाट सम्वर्द्धना जनाइएकोमा आयोजक समितिप्रति कृतज्ञता व्यक्त गरिन्। यता आयोजक समितिको सचिव सोना थिङले समितिलाई कार्यक्रम भव्यताका साथ सम्पन्न गराएकोमा सम्वर्द्धना दिएकोमा कृतज्ञता व्यक्त गर्दै यहाँ खुबै सुन्दर स्थानमा गुम्बा निर्माण भए तापनि यसलाई अझ भव्यता प्रदान गर्न धेरै कार्य बाँकी रहेको जनाउँदै यसको निम्ति आफूहरूबाट भविष्यमा अवश्य नै पहल गरिने बताइन्।