उत्कर्ष बङ्गला अन्तर्गत अचार बनाउने प्रशिक्षण

6e1085aa-0f96-41d5-9f53-5108f816ea72

कालचिनी- मेन्दाबारी बस्तीको मन्थरामस्थित विनय ड्रिम्स कम्प्लेक्स एकाडेमीमा डुवर्स एग्रो फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडको पहलमा उत्कर्ष बङ्गला अन्तर्गत आजदेखि 17 जना महिलाहरूलाई निःशुल्क अचार बनाउने प्रशिक्षण शुरु भएको डुवर्स एग्रो फार्मर्स प्रोड्यूसर कम्पनी लिमिटेडका एमडी विनय नार्जीनारीले जनाएका छन्।

उक्त अचार बनाउने प्रशिक्षणको निम्ति गारोपाड़ा ग्राम पञ्चायत क्षेत्रबाट दुईजना महिला प्रशिक्षणार्थीहरूले प्रशिक्षण आरम्भ गरेको छ भने अहिले बस्तीमा निम्बुको उत्पादन अधिक भएको तर यसको बजार दर कम्ति भएकोले अचार प्याकेजिङ गरेर यसलाई बिक्री व्यवस्था गरिने योजना रहेको जनाएका छन्।

मेन्दाबारी र साताली बस्ती क्षेत्रमा अहिले निम्बु, आँप र कटहर फल प्रशस्त रहेकोले यसलाई बर्बाद हुनबाट बचाउनलाई यसैको अचार बनाउने प्रशिक्षण दिने र यसपछि अझै निवेदन गरिए टेलरिङ एवम् अन्यान्य प्रशिक्षणहरू पनि हुने प्रशिक्षार्थी सुधा साहा र कल्पना मिश्राले जनाएकी छन्।

About Author

Advertisement