गान्तोकः रानीपुलस्थित जालीपुलमा निर्माणधीन थुप्देन छोकर्लिङ गुम्पा निर्माण हेतु सञ्चालन गरिएको लटरीको आज रानीपुलस्थित ट्रक स्ट्याण्ड परिसरमा आयोजित एक कार्यक्रममा ड्र गरियो। यस अवसरमा सिक्किम सरकारको आईटी विभागका सल्लाहकार तेन्जिङ नोर्बु लाम्टा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए।
सोही प्रकारले एसकेएम पार्टी युवा प्रकोष्ठका राज्य स्तरीय अध्यक्ष लाक्पा मोक्तान, एसकेएम विद्यार्थी प्रकोष्ठका अध्यक्ष सोनाम छोपेल शेर्पा, गान्तोक महकुमा अधिकारी चिरन रिजाल, रानीपुल थानाकी एसएचओ तारा शर्मा, गुम्पा सञ्चालन समितिका महासचिव नर्बु छिरिङ तामाङ, सिक्किम तामाङ बुद्विस्ट एसोशियशनका अध्यक्ष विनोद तामाङ, सिक्किम ट्रक चालक एवं अनर्स एसोशियशनका अध्यक्ष प्रेम छेत्री, पार्षद आशा छेत्री लगायत अन्यको उपस्थिति रहेको थियो।
कार्यक्रममा कुल १९ वटा पुरस्कारको निम्ति लटरी ड्र गरिएको थियो। प्रथम पुरस्कारमा हुण्डाई क्रेटा एस प्लस, दोश्रो पुरस्कारमा स्वीफ्ट वाहन, तेश्रो पुरस्कारमा रोयल इन्फिल्ड क्लासिक बाईक, चौथो पुरस्कारमा ४ वटा यामाहा स्कुटी जेड आर र सान्तवना पुरस्कारमा १२ वटा भिभो मोबाईल फोन रहेका छन्। विजेताहरूले १५ दिनभित्र आफ्नो पुरस्कारको निम्ति आयोजक समितिसित सम्पर्क गर्न सक्ने बताइएको छ।