२८ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आउँदो १ अगस्तदेखि ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सेभोक प्राइमरी स्कूल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा ८ वटा शीर्ष टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको पहिलो दिन डामडिम इलेभेन फूटबल क्लब र वरियर्स क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १० र १२ अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।